काठमाडौं, २१ कार्तिक । पार्टी पूनर्गठनको अभियानको घोषणा गरेका जनार्दन शर्मा र घनश्याम भुसाल नेकपाका महासचिव विप्लवसँग सहकार्य गर्नेगरि अघि बढेका छन् । शर्मा र भुसाल विप्लवलाई भेट्न आज हिरसिद्धीस्थित् विप्लवको निवासमा पुगेका थिए ।

हिजोमात्रै विप्लवको दलले काठमाडौंमा जनसभाको आयोजना गरेको थियो । सम्बोधनको क्रममा विप्लवले माओवादी, एकीकृत समाजवादीसहितको एकताबारे पनि टिप्पणी गरेका थिए ।

त्यसको भोलिपल्ट आज जनार्दन र घनश्याम विप्लव निवासमा पुगेका हुन् । उनीहरुबीच कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनको लागि सहकार्य गर्ने विषयमा छलफल भएको बताईएको छ ।