
काठमाडौं, २२ कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनाले दिँउसो १ बजे विश्वासको मत लिने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई विभिन्न ६ दलको समर्थन छ । कांग्रेस र एमालेलाई अलग राखेर मधेशमा सरकार बनेको हो ।
मुख्यमन्त्री सोनलले विश्वासको मत पाउने वा नपाउने भन्ने विषयमा चर्चा भइरहेको छ । राष्ट्रिय राजनीति नै नयाँ मोडमा अघि बढेको र मधेशको राजनीति पनि नयाँ मोडमा पुग्नेगरि मधेशवादी दलभित्रै गृहकार्य चलिरहेको छ । १०७ सदस्य मधेश प्रदेश सभामा हाल सत्ता गठबन्धन लोसपाका ८, जसपा नेपालका १८, जनमतका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । विश्वासको मतको लागि ५४ सांसदको साथ चाहिन्छ ।
सोनल मुख्यमन्त्रीमा नियुक्त भएपछि उनलाई समर्थन गरेको दल नेकपा (माओवादी केन्द्र) भित्र दलको नेता फेरबदलले नयाँ किचलो सुरु भएको छ ।उता, सिके राउतको दल जनमत पनि विभाजित भएको थियो । राउत दल विभाजन रोक्नको लागि अदालत गएकोमा अदालतले राउतलाई नै राहत हुनेगरि आदेश दिएको छ । यद्धपी यो मुद्दाको टुँगो लाग्न भने अझै केही समय लाग्नेछ ।







Facebook Comments