काठमाडौं, २२ कार्तिक । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । आज (शनिबार) दिउँसो १ बजेका लागि कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका आमन्त्रण गरिएको जानकारी दिए ।

आजको बैठकमा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने भनिएको छ । आलमको आज विहानीपख निधन भएको हो ।