काठमाडौं, २५ कार्तिक । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । लामो समयपछि दुई नेताबीच सहकार्य र पार्टी एकताकेन्द्रित भएर छलफल भएको हो । राप्रपाभित्र यतिवेला अध्यक्ष थापा र महामन्त्री धवलशम्शेर राणाबीच विवाद चुलिएको छ । राणाले पार्टीीभत्र निरन्तर छुट्टै भेला गर्दैै आएका थिए ।

तर, दोस्रो तहका नेताहरुले राणालाई भेटेर अहिले पार्टीलाई एकताबद्ध बनाउनको लागि भूमिका खेल्न अनुरोध गरेपछि विवाद मत्थर भएको बताईएको छ । यही सन्दर्भमा अध्यक्ष लिङ्देनले कमल थापासँग भेट गरेर सहकार्यको लागि हात बढाएको बताईन्छ ।