काठमाडौं, २५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न सरकारलाई अनुरोध गरेको छ । आज (मंगलबार) पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपालीले निर्वाचन आयोग गई सोही व्यहोराको अनुरोध पत्र दर्ता गराएका हुन् ।

उक्त अनुरोध पत्रमा विदेशमा रहेका योग्यता पुगेका नेपाली नवयुवाहरुका लागि राष्ट्रिय परिचय पत्रका आधारमा वा सम्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्न तत्काल व्यवस्था मिलाइदिनुहुन समेत अनुरोध गरिएको छ । आजै पार्टी केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरु गणेश पराजुली, अशोक चौधरी र शिव नेपाली गृहमन्त्री श्री ओमप्रकाश अर्याललाई भेटी उक्त अनुरोधसहितको पत्र बुझाएका हुन् ।