
काठमाडौं, २६ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री रमेश लेखकले २१ फागुनमा तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । पार्टी मुख्यालय सानेपामा जारी पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कांग्रेसभित्र पनि प्रतिनिधिसभा पूनःस्थापनाको लागि हस्ताक्षर संकलन गरिएको समाचार आएकोमा पूर्व गृहमन्त्री लेखकले निर्वाचनलाई नै मुख्य प्राथमिकतामा राखेर जानुपर्ने धारणा राखेका हुन् । उनले पार्टी अहिले संसद् पूनःस्थपनाको पक्षमा लाग्न नहुने मत राखे ।
उनले भने,‘निर्वाचनको बारेमा व्यापक चर्चा भएको छ । छलफल भएको छ, म के आग्रह गर्न चाहन्छु भने अहिलेको परिस्थितिमा निर्वाचन नै पहिलो प्राथमिकतामा कांग्रेसले राख्नुपर्छ भन्ने मेरो प्रष्ट धारणा छ ।’






Facebook Comments