
काठमाडौं, २७ कार्तिक । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले संसद पुनस्र्थापना , संविधान संशोधन, सर्वदलीय सरकार र अर्ली इलेक्सन एमालेको रोडम्याप भएको बताएका छन् । प्रेस चौतारी नेपाल दाङले आज (बिहीबार) तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उपमहासचिव ज्ञवालीले यथास्थितिमा चुनाव भए त्यसको कुनै औचित्य नहुने बताए । यथास्थितिमा हुने चुनावले शाही कालमा भएको स्थानीय सरकार जस्तै हुने बताउँदै सरकारले चुनाव गराउने बताए पनि चुनावको वातावरण बनाउन तयार नभएको उनको दाबी छ । उनले भने,‘दलका नेताको अनुहार हेर्नु छैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले चुनाव गराउन नचाहेको देखिन्छ।’
संविधान घाइते अवस्थामा रहेको र संविधानले नचिन्ने सरकारले अहिले शासन गरेको धारणा राख्दै उपमहासचिव ज्ञवालीले अहिले संविधान घाइते अवस्थामा र लोकतन्त्र खतरामा रहेको बताए । उनले भने,‘संविधानले नचिन्ने सरकार छ । संविधानले अस्वीकार गरेका मन्त्री छन् ।’






Facebook Comments