
काठमाडौं, ३० कार्तिक । नेकपा (एमाले) को ११औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने तय भएको छ । एमालेले आगामी मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने तय गरेको छ। यसअघि ११औं महाधिवेशन पोखरामा गर्ने भनिएको थियो ।
तर, अध्यक्ष केपी शर्मा ओलीलाई वर्तमान सरकारले स्थानहद लगाएको र अन्य परिस्थितिको पनि मूल्यांकन गरेर पछि एमालेले महाधिवेशन काठमाडौंमा गर्ने भनेको थियो । ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीले उम्मेद्वारी दिनेछन् । उनलाई विद्या भण्डारी पक्षले पनि चूनौति दिने भनिएको छ। यो समूहबाट ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिनसक्ने भनिएको छ ।







Facebook Comments