काठमाडौं, ६ मंसिर । नेकपा (एमाले)का नेता कैलाशकुमार मल्ल पार्टी परित्याग गरी प्रचण्डले नेतृत्व गरेको नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । मल्ललाई प्रचण्डले आज (शनिबार) काठमाडौंमा एक कार्यक्रमबीच पार्टीमा स्वागत गर्दै औपचारिक सदस्यता प्रदान गरेका हुन् ।

मल्ल २०७९ को प्रतिनिधि सभा निर्वाचनमा दोस्रो भएका थिए । उनी माओवादीका पूर्णबहादुर घर्तीसँग पराजित भएका हुन् । उनले अब आफू जिल्लाको समग्र विकासमा केन्द्रित हुने प्रतिबद्धता जनाएका छन् । खासगरी जिल्लाको शिक्षा, स्वास्थ्यलगायतका विकासमा ध्यान दिने उनको भनाई छ ।