काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीकी एक जना प्रदेश सांसदको पद जाने भएको छ । पार्टीको नीतिविपरित मधेश प्रदेश सरकारमा आफुखुशी मन्त्री बनेकी कञ्चन  बिच्छालाई राप्रपाले प्रदेश सांसदबाट हटाउन लागेको हा

बिच्छा पार्टीको निर्देशन विपरीत मधेश प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन् । त्यसैले बिच्छालाई प्रदेशसभा सदस्य पदबाट हटाउन रापपाले मधेश प्रदेश सभामा पत्राचार गरेको छ ।
राप्रपाबाट मधेश प्रदेशमा बिच्छा एक मात्र प्रदेशसभा सदस्य हुन् । समानुपातिक सांसद बिच्छा कात्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम बनेका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा विना विभागीय मन्त्री बनेकी थिइन् । उनलाई मंसिर ८ गते मुख्यमन्त्री यादवले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए ।
राप्रपाले बिच्छालाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । नबाहिरिएपछि स्पष्टिकरण समेत सोधिएको थियो । पार्टीको नीति नियम अटेर गरेपछि प्रक्रिया पु¥याए राप्रपाले उनलाई प्रदेश सभा सदस्य पदबाटै हटाउन राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम आवश्यक कारबाहीका लागि सूचना जारी गरिदिन प्रदेश सभामा पत्र पठाएको हो ।