रुकुम पश्चिम । जनार्दन शर्मालार्ई आफ्नै गृह जिल्ला रुकुम पश्चिममा कालो झण्डा प्रदर्शन गरिएको छ । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका शर्मालाई विरोधस्वरुप कालो झण्डा देखाइएको हो ।
कार्यकर्ताहरुले कालोझण्डा देखाउने तयारी गरेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।
कालो झण्डा देखाउँदै जनार्दशविरुद्ध नारा लगाएका थिए ।



Facebook Comments