
काठमाडौं । काठमाडौंमा आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । यो यस वर्षको काठमाडौंको अहिलेसम्मको न्यून तापक्रम हो ।
यसअघि यो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । सोमबार पनि काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन गरिएको थियो ।
काठमाडौंको भिजिबिलिटी आज बिहान ५ः४५ मा पाँच सय मिटर छ । सबैभन्दा कम भिजिविलिटी जनकपुरमा छ । जनकपुरमा बिहान ५ः४५ को भिजिबिलिटी ४०० मिटर छ । सोही समयमा धनगढी र दिपायलको ५०० मिटर र बिराटनगरको भिजिबिलिटी एक हजार मिटर रहेको छ ।
तराई र उपत्यकामा कुहिरो र हुस्सु लागेको छ ।
आज दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।



Facebook Comments