काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद विस्तार गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालय पठाइसकेकी छन् । आजै अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण गर्ने कार्यक्रम छ । 

कुमार इङ्नाम भूमि, राजेन्द्रसिंह भण्डारी श्रम, माधव चम्लागाईं वन र श्रद्धा श्रेष्ठ महिला मन्त्री बन्ने भएका हुन् । अब मन्त्रिपरिषद १४ सदस्यीय पुग्ने भएको छ ।

इङ्नाम अधिवक्ता हुन् ।  इङनाम गएको साउनमा काठमाडौं स्कुल अफ ल (केएसएल)बाट सेवानिवृत्त भएका थिए । उमेरका आधारमा प्रिन्सिपलबाट रिटायर्ड उनले प्राध्यापन कर्म भने छाडेका थिएनन् ।

त्यस्तै भण्डार नेपाल प्रहरीका पूर्व एआइजी हुन् । चौलागाईं पेसाले जनस्वास्थ्यविद् हुन् । उनले कर्णालीबारे ’सपादलक्ष कर्णाली’ नामक पुस्तक लेखेका छन् । 

यसअघि मन्त्रिपरिषद् १० सदस्यी थियो । पछिल्लोपटक ९ कात्तिकमा तेस्रोपटक मन्त्रिपरिषद् पनुर्गठन गरेर १० सदस्य पु¥याइएको थियो । त्यसबेला डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री नियुक्त भएका थिए ।

कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी कानुनमन्त्री अनिलकुमार सिन्हालाई दिने भएकी छिन् । कार्की आफैंले सम्हालिरहेको पर्यटन मन्त्रालयको जिम्मेवारी मन्त्री सिन्हालाई दिन लागेकी हुन् । सिन्हाले अब उद्योग, कानुन र पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।