काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको उपचारका क्रममा निधन भएको छ । काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको निधन भएको हो । 

उनी  लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए । 


२०५६ सालको संसदीय निर्वाचनमा निर्वाचित भएपछि उनी शिक्षा तथा खेलकुद मन्त्री बनेका थिए । पनि उनी पुनस्र्थापित व्यवस्थापिका–संसदमा समेत क्रियाशील थिए । २०५१ सालमा राष्‍िट्रय सभा सदस्य पनि भएका थिए । उनी पटकपटक कांग्रेसको केन्द्रीय सदस्य पनि बनेका थिए ।