काठमाडौं। काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
नेतृत्व चयनका लागि आवश्यक परे मतदान समेत गर्ने भनेर सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार आज बिहान सवा १० बजे मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ । लगत्तै दिउँसो १:३० बजेसम्म उम्मेदवारहरुको दरखास्त फारम दर्ता गर्ने कार्यक्रम छ ।केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ । त्यसपछि उम्मेदवारहरुको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरु हुने छ । उजुरी दिने समय दिँसो साढे २ बजेदेखि ३ बजेसम्म तोकिएको छ । उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।



Facebook Comments