
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले सोमबार अबेर उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ ।
त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा पनि दुई जनाबीच मात्र प्रतिस्पर्धा हुने भएको छ। महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।
विधान अनुसार ५ जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि ११ जना नेताहरूको उम्मेदवारी परेको छ। उम्मदेवारी दिनेहरुमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्ण विष्ट, टंक कार्की, परशुराम मेघी गुरुङ,पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, बिन्दा पाण्डे र विष्णु पौडेल रहेका छन् ।
यस्तै ३ जना निर्वाचित हुने उपमहासचिव पदमा ७ जनाको उम्मेदवारी परेको छ।
उम्मदेवारी दिनेहरुमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्र गौतम,लेखराज भट्ट, विष्णु रिमाल र बैजनाथ चौधरी रहेका छन् ।
९ सिट रहेको सचिव पदमा सबैभन्दा बढी आकर्षण देखिएको छ, जहाँ २० जना नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन्।
उम्मदेवारी दिनेहरुमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा,कर्णबहादुर थापा,कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुल बास्कोटा,छबिलाल विश्वकर्मा, ठाकुर गैरे, पदमा अर्याल, पुरुषोत्तम पोडेल, पेम्बा लामा, भानुभक्त ढकाल र महेश बस्नेत रहेका छन् ।
त्यस्तै,यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्कीले पनि सचिव पदका लागि उम्मेदवारी दिएका छन् ।



Facebook Comments