
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल ट्रस्टको जग्गा लिजमा दिँदा ठगी गरेको आरोप खेपेका तत्कालीन सचिव अर्जुनबहादुर कार्कीलाई ६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
त्यस्तै, अदालतले अर्का सहसचिव लेखबहादुर कार्कीसँग १० लाख रुपैयाँ धरौटी मागेको छ । करिब एक महिना लामो अनुसन्धानपछि सीआईबीले नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र थमसेर्कु डेभलपर्सका सञ्चालक सोनाम शेर्पामाथि ठगी र आपराधिक लाभको आरोपमा मुद्दा चलाउनुपर्ने राय लेखेको थियो ।
नेपाल ट्रस्टको जग्गा लिजमा दिने निर्णयमा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसचिव अर्जुनबहादुर कार्कीलाई कात्तिकमा पक्राउ गरेको थियो ।
जग्गा लिजमा दिने निर्णय हुँदा सचिव कार्कीले आफूसँग भएको अधिकार सहसचिव लेखबहादुर कार्कीलाई प्रत्यायोजन गरेर आफू निर्णय प्रक्रियाबाट अलग भएका थिए । आफू फस्ने डरले आफूमा निहीत अधिकार सहसचिवमा प्रत्यायोजन गरेका सचिव अर्जुनबहादुर कार्कीले निर्णयमा भने सहसचिवलाई दबाब दिएका थिए ।
स्वार्थ समूहको काम गरिदिएपछि उनी तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयमा सरुवा भएका थिए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन समेत भइसकेका कार्की त्यहाँ रहदा ट्रान्सफर्मर खरिद विवादमा पनि मुछिएका थिए । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अरु कयौं ट्रन्फर्मर खरिदको निर्णयमा अनुसन्धान गरेपनि अर्जुनबहादुर कार्कीको पालामा भएको निर्णयमाथि अनुसन्धान टुंगोमा पु¥याउन नसक्दा उन्मुक्ति पाएका थिए ।
२०७२ सालको भुकम्पको बेलामा कार्की शहरी विकास मन्त्रालयका सचिव थिए । भूकम्पको बेलामा त्रिपाल खरिद गर्दा अनियमिततामा मुछिएपनि अख्तियारले उनलाई मुद्दा चलाएको थिएन । त्रिपाल प्रकरणमा अख्तियारले उनीसँग बयान मात्रै लिएर मुद्दा नचलाई छाडेको थियो ।



Facebook Comments