काठमाडौं । रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच महत्वपूर्ण सम्झौता भएको छ । गएराति निकै गोप्य ढंगले वार्तामा बसेर उनीहरूले अन्तिम सहमति जुटाएका हुन् ।

रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

सम्झौतापत्रमा लामिछाने र शाह दुवै आ–आफ्नो पदीय हैसियतमा मौन रहेर नाममात्रै लेखेका छन् । अब बालेन शाह रास्वपाकै नेता बन्नेछन् । पार्टीको नाम, चिन्ह र झण्डा यथावत रहनेछ ।

एउटै दलबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने ७ बुँदे सम्झौता गरेका छन्। सम्झौताअनुसार रवि लामिछाने पार्टी सभापति रहने र बालेन शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमति भएको छ। आगामी एक दशकको मुलुकको मार्गचित्र अघि सार्ने घोषणाका साथ उनीहरुले त्यसमा आफूहरुको प्रतिवद्धता देखाएका छन् ।

यी हुन् सम्झौताका साक्षी :

 हस्ताक्षर समारोहमा दुवै पक्षका एक दर्जनजति व्यक्तिहरू उपस्थित थिए । रास्वपाका दुई उपसभापति डा. स्वर्णिम वाग्ले र डीपी अर्यालको उपस्थिति थियो । वार्ता टोलीमा रहेका असिम साह र शिशिर खनाल थिए । असिमका दाइ खासिफ साह पनि थिए ।

बालेनको तर्फबाट कुमार बेन भुपदेव साह थिए । यस्तै बालेन निकटहरू निश्चल बस्नेत, केपी खनाललगायतको उपस्थिति थियो ।