
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपतिकतर्फको उम्मदेवारको बन्द सूचिलाई निर्वाचन आयोगले अध्ययन गरिरहेको छ । बन्दसूचिअनुसार ५८ निर्वाचन चिह्नमा ६४ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् ।
५४ दलले आफ्नो निर्वाचन चिह्न र गठबन्धन गरेका १० दलले ४ वटा चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने भएका हुन् । समानुपातिकतर्फ १ सय १० सिटका लागि सबै दलबाट गरी ३ हजार ४ सय २४ जनाको उम्मेदवारी परेको छ ।
५४ दलले एकल रूपमा बन्दसूची निर्वाचन आयोगमा पेस गरेका छन् भने दुई वा त्यसभन्दा बढी दलले गठबन्धन गरेर ४ बन्दसूची बुझाएका छन् ।
समानुपातिकतर्फ प्रतिस्पर्धा गर्न एक सय राजनीतिक दलका तर्फबाट ९३ निवेदन परेको थियो । आयोगले समानुपातिकतर्फ निर्वाचनमा भाग लिने दललाई दर्ताका लागि २१–२३ मंसिरसम्म दिएको समयावधिभित्र ८८ दलले एक्लाएक्लै तथा १२ दलले विभिन्न ५ अलग समूहबाट निवेदन दिएका थिए ।



Facebook Comments