काठमार्डौ । नेपाली कांग्रेसका विशेष महाधिवशेन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार प्रसार उपसमितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो । महाधिवेशन पक्षधररूको तर्फबाट सुवास पोखरेलले पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन् । महाधिवेशन पक्षधरले उपसमिति गठन गरेको छ । उनीहरूले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति बनाउँदै संयोजक तोकेका हुन् । व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, जेनजी युवा परिचालन लगायतका विभिन्न १८ वटा उपसमिति गठन गरिएको हो ।
उपसमिति र जिम्मेवारी यसप्रकार छ :

पार्टी संस्थापन पक्षले बहुमतको आधारमा वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका हुन् । आज पत्रकार सम्मेलनमार्फत् उनीहरूले विशेष महाधिवेशनको स्वामित्व लिन पार्टी नेतृत्वलाई आग्रह गरे ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर जारी गरेको वक्तव्यमा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम २४ सय ८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित बुझाएको उल्लेख छ । ०८२ पौष २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने भन्दै विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई पनि नभएको उल्लेख छ । पार्टी विधानको धारा १५ ले केन्द्रीय महाधिवेशनलाई पार्टीको सर्वोच्च अधिकारसम्पन्न निकाय मानेको भन्दै यसले लिने हरेक निर्णयहरूले आफैंमा वैधता प्राप्त गर्ने उल्लेख गरेका छन् ।

महाधिवेशनकै सन्दर्भमा कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य प्रदीप पौडेल, विशेष महाधिवेशन अभियानकर्ता नेता देवराज चालिसे लगायत विशेष महाधिवेशन पक्षधरहरूले बुद्धिजीवीहरूसँग छलफल गरेका छन् ।



Facebook Comments