काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आजका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । विशेष महाधिवेशन पक्षधरले नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गर्दै आजका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
विशेष महाधिवेशन पक्षधरले जारी गरेको सूचनामा भनिएको छ, ‘स्वर्गीय दाहालप्रति सम्मान व्यक्त गर्दै दोस्रो विशेष महाधिवेशन २०८२ का सन्दर्भमा आज पौष २६ गतेका लागि तय गरिएको पदयात्रालगायत सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ ।’
तर, पौष २७ गते हुने विशेष महाधिवेशनको उद्घाटन समारोह तथा त्यसपछिका कार्यक्रम भने पूर्वनिर्धारित कार्यतालिका अनुसार नै सञ्चालन हुने जनाइएको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन भोलिदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।



Facebook Comments