मन्त्रीपरिषद् बैठकले गरेको निर्णयहरु यसप्रकार छन् :

१.अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५०३ अमेरिकन डलर प्रदान गर्न स्वीकृति दिने निर्णय भएको छ । 

२. वित्तीय क्षेत्र विकास रणनीति २०८२÷८२ देखि २०८६÷८७ स्वीकृत गर्ने निर्णय भएको छ । 

३. २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगौडाको अभिलेखालय पुनर्निर्माण र गंगाघाट मन्दिरको पुनर्निर्माणको लागि अमेरिकी डलर तीन लाख पचास हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ । 

४. मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय भएको छ । 

५. गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई तोक्ने निर्णय भएको छ। 

६ २०८२ माघ ४ गते आइतबारको दिन बिहान ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।