काठमाडौँ ।काठमाडौँ महानगरपालिकाका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनिइमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण अपरिहार्यरहेको बताएका छन्।

२७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले अबराष्ट्र निर्माणको नयाँ यात्रामा अघि बढ्ने समय आएकोउल्लेख गरेका हुन्।

आगामी फागुन २१ गते हुने उपनिर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेका शाहले आफ्नो इन्जिनियरिङ पृष्ठभूमि र अनुभवलाई राजनीतिसँग जोड्दै देश बदल्ने संकल्प व्यक्त गरेका छन्।

शाहले २०७२ सालको विनाशकारी भूकम्पपछि आफू सिभिल इन्जिनियरका रूपमा काभ्रेमा मात्रै करिब २५ सय घर निर्माणमा संलग्न भएको स्मरण गरेका छन्। गोरखा हुँदै देशका ३५ भन्दा बढी जिल्लामा काम गर्दा प्राप्त अनुभवले आफूलाई राष्ट्र निर्माणबारे गहिरो बुझाइ दिएको उनको भनाइ छ।

‘नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन,’ उनले लेखेका छन्, ‘भौगोलिक बनोटसँगै हाम्रो विविधतायुक्त समाजलाई माथि उठाउन सबै पाटोलाई सँगसँगै अघि बढाउनुपर्छ।’

सोही बुझाइका आधारमा आफू भारत गएर स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरी विदेशमा काम गर्ने अवसर हुँदाहुँदै पनि देश फर्किएको उनले उल्लेख गरेका छन्।

काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हाल्दै गर्दा आफूले शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गर्दै शाहले स्थानीय तहले अधिकार प्रयोग गरे जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने काम सम्भव छ भन्ने प्रमाणित गरिएको बताएका छन्। महानगरमा सुरु गरिएका सुधार, पारदर्शी प्रणाली र संरचनागत परिवर्तनलाई अबराष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएकोउनको संकेत छ।

आफ्नो आगामी राजनीतिक यात्राको उद्देश्य स्पष्ट पार्दै शाहले भनेका छन्, ‘हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउने हो।’

उनका अनुसार अब देशलाई अल्पकालीन निर्णय र लोकप्रिय नाराभन्दाजनताको विश्वास जित्ने शासन व्यवस्था र इमानदार नेतृत्वआवश्यक छ।

झापा–५ बाट निर्वाचन लड्ने चर्चालाई थप बल पुग्ने गरी शाहले ‘यो अभियान कुनै एक व्यक्तिको होइन, सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान हो’ भन्दै सबैको साथ र विश्वाससहित राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने उद्घोष गरेका छन्।

बालेनले के भने ? (संक्षेपमा)

बालेन शाहले २०७२ को भूकम्पपछिको आफ्नो सिभिल/स्ट्रक्चरल इन्जिनियरका रूपमा गरेको अनुभव सुनाउँदै नेपालजस्तो भूकम्पीय जोखिम भएको देशसिर्फ संरचना बनाउने सोचले होइन, दीर्घकालीन दृष्टि, जिम्मेवार नीति र इमानदार नेतृत्वले मात्र सुरक्षित बन्छभन्ने कुरा जोड दिए।

उनले भने—

  • विकास भनेको सडक–भवन मात्रै होइन,सुरक्षित संरचना, जनताको भरोसा र देशमै केही गर्न सकिने वातावरणहो।

  • स्थानीय तहले अधिकार प्रयोग गरेरकाम गरेर देखाउन सकिन्छभन्ने उदाहरण काठमाडौं महानगरले दिएको छ।

  • अब महानगरमा सुरु भएकासुधारलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समयआएको छ।

  • देशलाईअल्पकालीन निर्णय होइन, दीर्घकालीन योजना,नारा होइन, इमानदार नेतृत्वचाहिएको छ।

  • संकट आउनुअघि तयारी हुने नीति, विपद् सहन सक्ने संरचना र जनविश्वास जित्ने शासन आवश्यक छ।

  • यो कुनै एक व्यक्तिको होइन,सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियानहो।

अन्त्यमा, सबैको साथ–सहयोग र विश्वाससहितराष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएकोउनले बताए।