लिस्बन (पोर्चुगल)।नेपालीहरूको राष्ट्रिय पर्व तथा तामाङ समुदायको नयाँ वर्षमञ्जुश्री संवत् २८६२ ता–ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा पोर्चुगलमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगल कार्यसमितिको आयोजनामा हुने उक्त कार्यक्रम तपशिल बमोजिमको मिति, समय र स्थानमा सम्पन्न हुने आयोजकले जनाएको छ। कार्यक्रममार्फत सोनाम ल्होछारको सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक महत्वलाई प्रवासमा रहेका नेपाली समुदायबीच प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।
तपशिल:
८ फेब्रुअरी २०२६
समय: बिहान १२ बजे
स्थान : República da Música, Lda Rua do Centro Cultural, 29 1700-106 Lisboa Portugal
कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायक तथा संगीतकारउर्गेन दोङर म्हेन्दोमाया गायिकारमला पाख्रिन तामाङको विशेष सांगीतिक प्रस्तुति रहनेछ। यसका साथै स्थानीय कलाकारहरूद्वारा मौलिक तामाङ सांस्कृतिक नृत्य, गीत तथा विविध प्रस्तुतिहरू समेत समावेश गरिने आयोजकले जानकारी दिएको छ।
आयोजक संस्थाका अनुसार कार्यक्रममा पोर्चुगलस्थित नेपाली नियोगका प्रमुख,NRNA–NCC पोर्चुगलका अध्यक्ष लगायत विभिन्न वैचारिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि, पत्रकार, व्यवसायी, कलाकार, साहित्यकार तथा पोर्चुगलवासी तामाङ र गैर–तामाङ नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले सोनाम ल्होछारको अवसरमा आयोजना हुने यस कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन सम्पूर्ण नेपाली समुदाय, शुभेच्छुक तथा शुभचिन्तकहरूलाई आग्रह गरेको छ।






Facebook Comments