काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएका छन् । काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले प्रमुख बालेन शाहले पदबाट राजीनामा दिनुभएको जानकारी गराएकी हुन् । आइतबार बसेको ४६ औँ नगर कार्यपालिका बैठकमा उपप्रमुख डंगोलले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिको प्रचलित कानूनी व्यवस्था बमोजिम महानगर प्रमुख शाहले दिएको राजीनामा पत्र आफुलाई प्राप्त भएको बताइन् । शाहले आफ्नो कार्यकालमा महानगरको बिकास, सुशासन लगाएतका क्षेत्रमा गरेको कामको उनले धन्यवाद दिइन् । 

महानगरको मुख्य कार्यालय काठमाडौँ प्लाजामा कर्मचारी र जनप्रतिनिधिहरू प्रमुख शाहलाई बिदाइका क्रममा शुभकामना दिने तयारीका साथ कुरिरहेका थिए । तरबालेन कार्यालय नगै रास्वपाको कार्यालय पुगेका थिए । उनी रास्वपाबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि नगर प्रमुख पदबाट राजीनामा दिएका हुन् ।

बालेन झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । उक्त क्षेत्रबाट एमाले अध्यक्ष केपी ओली पनि उम्मेदवार बन्ने भएका छन् ।