पोखरा ।मेडिकल व्यवसायी तथाराष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजकदुर्गा प्रसाईंपोखराबाट पक्राउ परेका छन्।

निर्वाचन बहिष्कारदेखि विभिन्न आन्दोलनको घोषणा गर्दै आएका प्रसाईंलेनिर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएको, साथैसरकारी वेबसाइट ह्याक गरी डाटा चोरी गर्ने योजना बनाएकोआरोप छ। यस सम्बन्धमा सार्वजनिक भएको अडियोका आधारमा अनुसन्धानका लागि निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो।

सोही पत्रका आधारमा सोमबार पोखरामा कार्यक्रमका लागि आएका प्रसाईंलाईकास्की प्रहरीले पक्राउ गरी काठमाडौं पठाउने तयारी गरेकोकास्की प्रहरी प्रवक्ता तथा सूचना अधिकारीडिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रसाईंले यसअघि कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई५२ करोड रुपैयाँ बुझाएर नतिजा आफ्नो पक्षमा पारेकोदाबी सार्वजनिक अभिव्यक्ति तथा सामाजिक सञ्जालमार्फत गरेका थिए। साथै, रकम लगानी गरेर सरकारी वेबसाइट ह्याक गरी डाटा चोरी गर्ने योजना बनाएको अडियो सार्वजनिक भएपछि विवाद थप चर्किएको थियो।

मेडिकल व्यवसायी प्रसाईं पछिल्लो समयनागरिक बचाउ अभियानराजसंस्था पुनर्स्थापनाको मागसहितका आन्दोलनमा सक्रिय रहँदै आएका छन्। उनी यसअघि पनितीनकुने घटनामा पक्राउपरेका थिए। कारागारबाट छुटेपछि जेनजी आन्दोलनका क्रममा पनि उनको भूमिकालाई लिएर प्रश्न उठेको थियो। सोही आन्दोलनका क्रममा नेपाली सेनाले समेत उनलाई आन्दोलनका ‘स्टेकहोल्डर’ का रूपमा वार्तामा बोलाएको थियो।

जेनजी आन्दोलनपछि प्रसाईंले सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध अभिव्यक्ति दिँदैनिर्वाचन बहिष्कार अभियानचलाइरहेका थिए। पटक–पटक पक्राउ पर्दै छुट्दै आएका प्रसाईं पछिल्लो अडियो प्रकरणपछि पुनः प्रहरी हिरासतमा पुगेका हुन्।

सरकार र प्रसाईं नेतृत्वको अभियानबीचमाघ २ गते १२ बुँदे सम्झौताभएको थियो। त्यसअघि कार्तिक २६ गते गृहमन्त्रीसँग २७ बुँदे माग पेस गरिएको थियो। सम्झौताअनुसार आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउने, संविधान संशोधनका विषयमा अध्ययन गर्न उच्चस्तरीय आयोग गठन गर्ने तथा लघुवित्त र सहकारी ऋणीलाई राहत दिन ‘चक्रवर्ती कोष’ स्थापना गर्ने सहमति भएको थियो।

तर सरकारसँग सम्झौता भएको केही समयमैनिर्वाचन आयोगमाथि आरोप, सरकारी डाटा चोरीको योजना र अडियो सार्वजनिकभएपछि प्रसाईं पुनः कानुनी घेरामा परेका छन्।