काठमाडौं । भदौमा भएको जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । सरकारको मुख्य जिम्मेवारी फागनु २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउनु हो । कार्कीले विगतको भन्दा सानो मन्त्रीमण्डल बनाइन् । विभिन्न समयमा मन्त्रीमण्डल विस्तार गरेकी कार्कीले १५ सदस्यीय मन्त्रीमण्डल बनाएक थिइन् । तर मन्त्रीहरु यस्ता रहेछन् कि, सबै स्वार्थी । निर्वाचन सम्पन्न गराउने जिम्मेवारी छाडेर धमाधम राजीनामा दिए । 

जेनजीहरुको रगतको खोलालाई भर्याङ बनाएर मन्त्री बनेकाहरुले जिम्मेवारी पूरा नगरी राजीनामा दिएपछि आलोचना भइरहेको छ । राजीनामा दिएर सांसद बन्ने दौडमा लागेका मन्त्रीहरु कोको हुन् त ?

कुलमान घिसिङ 
घिसिङ उर्जामन्त्री बनेका थिए । उर्जा क्षेत्रका जानकार व्यक्ति मन्त्री बनेपछि राम्रो काम गर्ने अपेक्षा थियो । तर उनलाई संसद छिर्ने भुत सवार भएपछि राजीनामा दिएर गए । उज्यालो नेपाल पार्टी दर्ता गरेर निर्वाचनमा होमिएका छन् ।

महावीर पुन
हिजोसम्म यस्तो चर्चा थियो कि, अब सुशीला सरकारमा महावीर पुन मात्रै रहन बेर छैन । तर सबैको अनुमान फेल खुवाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पुनले पनि आज राजीनामा दिए । उनी पनि निर्वाचनमा उम्मेदवार बन्न लागेको चर्चा छ । 

जगदीश खरेल
सञ्चारकर्म छोडेर सरकारको सञ्चारमन्त्री बनेका खरेल अरुलाई नैतिकता र जिम्मेवारी सम्झाउने र सिकाउने गर्दथे । तर मौका पाएपछि उनै खरेलले नैतिकता र जिम्मेवारी दुवै विर्सिए । राजीनामा दिएर रास्वपा प्रवेश गरेका खरेल ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् ।

बब्लु गुप्ता
जेनजी आन्दोलनले जन्माएको सरकारको जेनजी मन्त्री थिए बब्लु गुप्ता । गुप्ता रास्वपाबाट प्रतिनिधिसभा सदस्यका लागि सिराह १ बाट उम्मेदवार बनेका छन् ।

यसरी जिम्मेवार भुलेर स्वार्थ पूरा गर्न हिँडेका व्यक्तिलाई जनताले बेलैमा चिन्न जरुरी छ ।