
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका २ स्थानमा उम्मेदवार फाइनल भएका हुन् ।
काठमाडौ
क्षेत्र नम्बर १ रञ्जु दर्शना
क्षेत्र नम्बर २ सुनिल केसी
क्षेत्र नम्बर ३ राजु पाण्डे
क्षेत्र नम्बर ४ पुकार बम
क्षेत्र नम्बर ५ सस्मित पोखरेल
क्षेत्र नम्बर ६ शिशिर खनाल
क्षेत्र नम्बर ७ गणेश पराजुली
क्षेत्र नम्बर ८ विराजभक्त श्रेष्ठ
क्षेत्र नम्बर ९ डीपी अर्याल
क्षेत्र नम्बर १० प्रदीप विष्ट
ललितपुर
क्षेत्र नम्बर १ बुद्धरत्न महर्जन
क्षेत्र नम्बर २ जगदीश खरेल
क्षेत्र नम्बर ३ तोसिमा कार्की
भक्तपुर
क्षेत्र नम्बर १ रुकेश रञ्जित
क्षेत्र नम्बर २ राजीव खत्री
देशैभर धेरै ठाउँमा रास्वपाले पार्टीमा योगदान नदिएका व्यक्तिलाई टिकट दिएको भन्दै विरोध भइरहेको छ । सबैभन्दा विरोध ललितपुर क्षेत्र नम्बर २ का उम्मेदवार जगदीश खरेलको भएको छ । उनी यसअघि रास्वपामा थिएनन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रहेका खरेलले उम्मेदवारी मनोनयन गर्ने दिन मंगलबार मात्रै रास्वापमा प्रवेश गरेका हुन् । उनले सोमबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।
मंगलबार टिकट लिएपछि रास्वपा कार्यालयमा देखिएका खरलेको चर्को विरोध भएको थियो । एक समुहले उनलाई पार्टी कार्यालयबाट धकेलेर लखेटेको भिडियो सार्वजनिक भएको छ । अर्को समुहले उनलाई चोरबाटोबाट रास्वपा प्रवेश गरेर उम्मेदवार भएको भन्दै नाराबाजी गरेका थिए ।
खरेलले ललितपुरको तीनवटै क्षेत्र घण्टीमय बन्ने भनेर भाषणा गरिरहँदा कार्यकर्ताले होहल्ला गरेर विरोध जनाएका थिए ।
https://www.facebook.com/reel/891123616793018
राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई वैकल्पिक र सिद्धान्तनिष्ठ राजनीति गर्ने दलका रूपमा प्रस्तुत गर्दै आएको छ। तर पछिल्लो टिकट वितरण प्रक्रियाले पार्टीकै आधारस्तम्भ मानिएका कार्यकर्तामाथि अन्याय भएको सन्देश दिएको छ। लामो समयदेखि संगठन निर्माण, अभियान र संघर्षमा खटिएका कार्यकर्तालाई पन्छाउँदै पार्टीमा भर्खर प्रवेश गरेका व्यक्तिलाई उम्मेदवार बनाइनुले आन्तरिक असन्तोष स्वाभाविक बनेको छ।
ललितपुर क्षेत्र नम्बर २ मा जगदीश खरेललाई टिकट दिनु यसैको ज्वलन्त उदाहरण हो।
कार्यकर्ताको विरोधलाई अनुशासनहीनता भन्दै टार्नु वा बेवास्ता गर्नु दीर्घकालमा पार्टीका लागि घातक हुन सक्छ। किनभने वैकल्पिक राजनीतिका नाममा उदाएको रास्वपाको सबैभन्दा ठूलो शक्ति नै उत्साहित कार्यकर्ता हुन्। उनीहरूलाई न्याय नदिई केवल चुनावी गणितका आधारमा टिकट बाँड्ने प्रवृत्तिले पार्टीभित्र विश्वासको संकट निम्त्याउने संकेत देखिएको छ।






Facebook Comments