झापा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई जिस्काउने काम महँगो पर्ने चेतावनी दिएका छन्। झापा-५ मा उम्मेदवारी दर्तापछि एमालेलाई नबिच्काउने आग्रह गरे।

उनले आफूहरू उम्मेदवारी दर्ता गर्न आउने क्रममा रास्वपाका कार्यकर्ताबाट असभ्य खालको क्रियाकलाप देखाएको बताए। उनले चुनावमा आफूहरू स्वस्थ प्रतिस्पर्धा गर्ने पक्षमा रहेको समेत बताए । उम्मेदवारी दर्ता गर्न ओली जाने क्रममा रास्वपा कार्यकर्ताहरूले नाराबाजी गरेपछि झडप भएको थियो।
‘एमालेलाई जिस्काउनु र बिच्काउनु भनेको महंगो हुन जान्छ । त्यो कसैले पनि नगर्दा हुन्छ,’ ओलीले उक्त घटनाप्रति संकेत गर्दै भनेका छन् ।

रास्वपा अहिलेको सरकार संरक्षित दल भएको बताएका हुन् । ‘अहिले देशमा आगो लगाउन लागिरहेका छन्, तिनले भ्रम पार्न खोज्दैछन् । नयाँ पिँढिमा भ्रम छ । देश बचाउनका लागि अनुभवि नेतृत्व चाहियो,’ ओलीले भनेका छन् ।