
काठमाडौं ।नेपाली कांग्रेसको आधिकारिकता विवादमा शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यससँगै निर्वाचन आयोगको निर्णयअनुसार तत्कालका लागि गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई बाटो खुलेको छ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा आज भएको सुनुवाइपछि अदालतले अन्तरिम आदेश नदिई दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको हो। निर्वाचन आयोगले यसअघि विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कार्य समिति अद्यावधिक गरिसकेको छ।






Facebook Comments