काठमाडौं ।नेपाली कांग्रेसले देशभरका १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुंग्याएको छ। पार्टी नेतृत्वले निर्वाचन आयोगको निर्णयअनुसार उम्मेदवार छनोट प्रक्रिया पूरा गरेको जनाएको छ।

कांग्रेस स्रोतका अनुसार विशेष महाधिवेशनपछि अद्यावधिक गरिएको केन्द्रीय कार्य समितिको निर्णयअनुसार उम्मेदवारहरूको अन्तिम सूची तयार पारिएको हो। यससँगै कांग्रेसले आगामी निर्वाचनका लागि संगठनात्मक तयारीलाई तीव्र बनाएको छ।

पार्टीले उम्मेदवार छनोट गर्दा समावेशिता, क्षेत्रीय सन्तुलन, संगठनप्रति योगदान र जित्ने सम्भावनालाई आधार बनाएको बताइएको छ। १६५ वटै क्षेत्रमा उम्मेदवार तय भएसँगै कांग्रेस चुनावी अभियानमा सक्रिय रूपमा होमिने तयारीमा जुटेको छ।