ओखलढुंगा । नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले ओखलढुंगाको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

जिल्ला इन्चार्ज तथा पूर्व सांसद यज्ञराज सुनुवार,नेताहरु नानीबाबु बुढाथोकी,किशोर अधिकारी,हर्कबोल राई,सकुन्तला राजभण्डारी,मोहन श्रेष्ठलगायतको अगुवाईमा मनोनयन दर्ता गराइएको हो ।

मनोनयन दर्ताअघि जिल्ला सदरमुकाममा एमालेले झाँकीसहित वृहत जुलुस निकालेर निर्वाचन कार्यालयतर्फ गएको थियो । युवा उम्मेदवारीले पार्टी र मतदातामा उत्साह छाएको अधिवक्ता कुमार घिमिरेले बताए ।