काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश हाल असाधारण परिस्थितिबाट गुज्रिरहेको बताएका छन्।
रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रलाई एकताबद्ध गर्दै सुदृढ बनाउने आवश्यकता रहेको उल्लेख गरे। उनले परिस्थिति गम्भीर बन्दै गएको भन्दै आवश्यक परे राष्ट्र र जनताको पक्षमा नयाँ आन्दोलन अघि बढाउनुपर्ने अवस्था आउन सक्ने बताए।
‘जरुरी पर्यो भने नयाँ समाजवादी, राष्ट्रवादी र देशभक्तिपूर्ण आन्दोलन चलाउनुपर्ने हुनसक्छ,’ प्रचण्डले भने, ‘भदौ २४ गतेजस्तै विध्वंसात्मक घटनाहरू गराउने देशी–विदेशी प्रतिक्रियावादी चलखेलहरू अझै रोकिएका छैनन्। त्यसको प्रतिवाद गर्न नयाँ शक्ति निर्माण आवश्यक छ।’
उनले राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउने उद्देश्यले नै नेकपा निर्माण गरिएको दाबी गरे। देशको स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारमाथि प्रश्न उठाउने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध सचेत रहनुपर्नेमा उनले जोड दिए।
प्रचण्डले देश अब चुनावी माहोलमा प्रवेश गरिसकेको समेत बताएका छन्।






Facebook Comments