काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ आगामीफागुन २१ गतेदेशभर एकै चरणमा हुने भएको छ। निर्वाचन आयोगका अनुसार यस निर्वाचनका लागि देशभर१ करोड ८९ लाख ३ हजार ६८९ जना मतदातादर्ता भएका छन्।
कुल मतदातामध्ये९६ लाख ६३ हजार ३५८ जना पुरुष,९२ लाख ४० हजारभन्दा बढी महिलातथा२०० जना अन्यमतदाता रहेका छन्।
निर्वाचनका लागि देशभर१० हजार ९६७ मतदान स्थलर२३ हजार ११२ मतदान केन्द्रतोकिएको छ। यसपटक१६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रकायम गरिएको छ।
प्रतिनिधिसभामा कुल२७५ जना सांसदरहने व्यवस्था अनुसार१६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाटर११० जना समानुपातिक प्रणालीबाटनिर्वाचित हुनेछन्।
निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने तयारी तीव्र पारेको जनाएको छ। आयोगले मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रहसमेत गरेको छ।






Facebook Comments