काठमाडौं ।नेपाली कांग्रेसले सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागिप्रधानमन्त्रीको उम्मेदवारघोषणा गरेको छ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्री उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

उपसभापतिविश्वप्रकाश शर्मालेसभापति थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए। चालिसेले भने, प्रस्तावलाई बैठकले पारित गरेको छ। उपसभापति शर्माले गगन थापाले परिवर्तित समय र स्वरलाई‘डाइनामिक ढंगले’ नेतृत्व गर्न सक्नेविश्वास व्यक्त गरेका छन्। उनले भने,

“जुझारु बिद्रोही छवि मात्र होइन, प्रतिकुल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्नसक्ने क्षमता पनि गगन थापामा छ। उत्तेजना र आवेगको राजनीति न त सुसंस्कृत हुन्छ न दिर्घजीवी।”

शर्माले थपे कि सभापतिमा रहेका संयम र सौम्य प्रवृत्तिले पनि गगनलाई बलियो नेतृत्व क्षमता प्रदान गरेको छ। “यो समग्र अठोटको बलियो कमान्ड प्रधानमन्त्रीका रुपमा हाम्रो सभापतिबाट हुनसक्छ भन्नेमा हामी दृढ छौं।”

कांग्रेसले मुलुकको विशिष्ट परिस्थितिलाई सही ढंगले सम्बोधन गर्ने प्रयत्नको रूपमा सभापतिलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेको उल्लेख गरेको छ।