काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूको भविष्यबारे अनिश्चित टिप्पणी गरेका छन् ।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले नारायणगोपालको गीतको पंक्ति उद्धृत गर्दै भने, “भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्कि आउने हो कि होइन केही थाहा छैन। नयाँ दलहरूको यात्रा त्यस्तै छ।”
उक्त कार्यक्रममा ओलीले आफूले नयाँ भनिएका दलका एक जनाको फेसबुक स्टाटस पनि देखेको बताए। त्यसमा आफूलाई “मोटोमुनि गाडिदिनुपर्छ” भनेर लेखिएको भन्दै उनले आपत्ति जनाए। ओलीले भने, “कस्तो मति, कस्तो बुद्धि, कस्तो राजनीति — हामी विचार गर्न सक्छौं।”
उनले अहिले देश निर्माण र विनाशबीचको लडाईं जारी रहेको बताएका छन्। ओलीले जोड दिए, “मान्छे गाडिदिने जस्ता पवित्र भावना देख्दा थाहा हुन्छ, अहिले देश बनाउने र जलाउनेबीचको लडाईं छ। हामी देश निर्माणमा जुट्नुपर्छ।”






Facebook Comments