काठमाडौं  : आगामी फागुन २१ गते हुुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि भक्तपुुर निर्वाचन क्षेत्र नं. २ मा कुुल ३२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। 

जसमा १७ वटा राजनीतिक पार्टीका प्रतिनिधिले उम्मेदवारी दिएका छन् भने १५ जनाले स्वतन्त्र रूपमा  उम्मेदवारी दर्ता गराएका हुुन्। 

उम्मेदवारीको मनोनयन दर्ता गराउनेमा नेपाली कांग्रेसका कबिर राणा, नेकपा (एमाले) का महेश बस्नेत, नेपाल मजदुर किसान पार्टीका रमेश वैद्य, नेपाली कम्युुनिस्ट पार्टीका रामप्रसाद सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापाले उम्मेदवारी दिएका छन्।  

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री, श्रम संस्कृति पार्टीका अर्जुुन बासुु, प्रगतिशील लोकतान्त्रिक पार्टीका जन्मदेव जैसी, नेपाल जनसेवा पार्टीका जानुुका पाठक, उज्यालो नेपाल पार्टीका जितराम लामा, आमजनता पार्टी (एकल चुुनाव चिह्न) देवकुुमारी शाह र जनता सामाजवादी पार्टीका नवीन श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए। 

त्यस्तै मङ्गोल नेसनल अर्गनाइजेसनका पेम्बा घले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रकाशराज ढुुङ्गेल, त्रिमूल नेपालका राकेश श्रेष्ठ, नेपालका लागि नेपाली पार्टीका राजेश बाडे, नेपाल कम्युुनिस्ट पार्टी संयुुक्तका लोककृष्ण दाहालले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख प्रकाश मगरले जानकारी दिए। 

सो क्षेत्रमा २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दुुर्लभ थापाले २४ हजार २३९ मत प्राप्त गरी निर्वाचित भएका थिए। उक्त निर्वाचन क्षेत्रमा तत्कालीन नेकपा माओवादी, एकीकृत समाजवादी पार्टीसमेतको गठबन्धन थियो । नेकपा एमालेका महेश बस्नेतले २३ हजार २८२ मत प्राप्त गरी दोस्रो बबनेका थिए। अहिले बस्नेतलाई बलियो दाबेदारका रुपमा लिइएको छ। 

नेपाल मजदुर किसान पार्टीका उम्मेदवार अनुुराधा थापामगरले सात हजार १२७, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन
विकले चार हजार ९८ मत प्राप्त गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका मोसन केसीले दुई हजार ५६९ मत प्राप्त गरेका छन्।

छ हजार नयाँ मतदाता भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा छ हजार ४४५ नयाँ मतदाता थपिएका छन्। अब कुल मतदाताको सङ्ख्या ९८ हजार ३५६ पुगेको छ।  सो क्षेत्रमा २०७९ सालमा ९१ हजार ९११ जना मतदाता रहेका
थिए। उक्त क्षेत्रमा मतदान स्थल ३९ र मतदान केन्द्र ११४ हुने छन्। 

भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा २०४८ सालमा नेपाली कांग्रेसका जगन्नाथ आचार्यले निर्वाचन जितेका थिए। त्यस्तै २०५१ सालमा नेपाल मजदुर किसान पार्टीका आशाकाजी बासुकला, २०५६ सालमा नेपाली कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ सालमा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति, २०७० सालमा नेपाली कांग्रेसका रामेश्वर ढुुङ्गेल, २०७४ सालमा नेकपा (एमाले) का महेश बस्नेत र २०७९ सालमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका थिए।