
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार रहेको बताएका बेला प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले त्यसमा सहभागी नहुने बताएका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमा ओलीको सन्देशप्रति प्रतिक्रिया दिँदै बालेनले लेखेका छन्, ‘७६ जना बच्चाको हत्या गर्ने र त्यसका मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’ यसबाट उनले पब्लिक डिबेट अस्वीकार गरेको स्पष्ट हुन्छ।
ओलीको स्टाटसमा बालेनको प्रतिक्रिया :

बालेनले ओलीलाई आतंककारीसमेत भन्दै लेखेका छन्, ‘देश जलाउनेको रूपमा आफूलाई स्वीकार गर्नु ठीकै छ। नेताहरूका घर कता छन् तपाईंहरूलाई थाहा थियो। तपाईंहरूले २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो। आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने हो, त्यसपछि अरू कुरा गरौँला।’






Facebook Comments