काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच कडा प्रतिस्पर्धा देखिएको छ । राप्रपाले केन्द्रीय सदस्य नवीन शाहीलाई उम्मेदवार बनाएपछि रास्वपाका विराजभक्त श्रेष्ठसँग रोचक टक्कर हुने अनुमान गरिएको छ ।

गत निर्वाचनमा विजयी भएका रास्वपाका नेता श्रेष्ठ यसपटक बलियो चुनौती सामना गर्दै छन् । स्थानीयवासी, समाजसेवी तथा सबै पुस्ताबीच लोकप्रिय मानिने शाही कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशकसमेत हुन् ।

शाहीले आफू यस क्षेत्रकै स्थायी बासिन्दा भएको र जनताको सुख–दुःखमा निरन्तर साथ दिएको भन्दै आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । उता, श्रेष्ठ पनि पुनः जित निकाल्नेमा आशावादी छन् ।

यस क्षेत्रमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुमन सायमी र नेकपा एमालेका नेता राजेश शाक्य पनि प्रतिस्पर्धामा छन् ।