काठमाडौं । गत करिब साढे ९ महिनामा नेपालमा विभिन्न विपद्का घटनामा परी ४३१ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८२ वैशाख १ देखि माघ १२ गतेसम्मको अवधिमा देशभर ६ हजार ११४ विपद्का घटना रेकर्ड भएका छन्।

मृत्यु हुनेहरूमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, वन डढेलो, हावाहुरी, जनावरको आक्रमण, लेक लाग्नु, हिउँ पहिरो जस्ता विविध घटनाका कारण जनसम्पर्क हराइरहेको छ। यस अवधिमा १,६७१ जना घाइते भएका छन् भने ३८ जना अझै बेपत्ता छन्।

विपद्का घटनामा सबैभन्दा बढी मृत्युसर्पदंश (सर्पको टोकाइ) बाट ९७ जनामाभएको छ। यसबाहेक, आगलागीमा ७५, पहिरोमा ७१, चट्याङमा ४४, जनावरको आक्रमणमा ४३, बाढीमा ३७, लेक लाग्दा ३५, हावाहुरीमा ८, भारी वर्षा कारण ७, हिउँ पहिरोमा ६ र वन डढेलोमा १ जनाको मृत्यु भएको छ।

साथै, बाढीमा २७, पहिरोमा ५, हिउँ पहिरोमा ५ र जनावरको आक्रमणमा १ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ। करिब साढे ९ महिनामा विपद्का घटनाबाट११,७३२ परिवार प्रभावितभएका छन्।