काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा विदेशी शक्तिको प्रभाव बढ्दै गएको आरोप लगाउँदै वर्तमान सरकारलाई ‘विदेशी कठपुतली’को संज्ञा दिएका छन् । प्रेस चौतारी नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनपछि मुलुकको राजनीति बाह्य शक्तिको प्रभावमा परेको दाबी गरे ।

चुनावपछि ‘जेलेन्स्की शैली’को नेतृत्व जन्माएर विदेशी स्वार्थअनुसार सरकार सञ्चालन गर्ने प्रयास भइरहेको उनको भनाइ थियो । उनले संविधान कमजोर बनाइएको, लोकतन्त्र घायल अवस्थामा पुगेको र नेपाललाई भूराजनीतिक द्वन्द्वको खेलस्थल बनाउने षड्यन्त्र भइरहेको आरोप लगाए ।

पोखरेलले चीन र भारतविरुद्ध शक्ति राष्ट्रहरूले नेपाली भूमिलाई प्रयोग गर्न खोजेको दाबी गर्दै यस्तो हस्तक्षेप रोक्न आफ्नो पार्टी दृढतापूर्वक उभिने बताए ।