काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा होमिएका मध्ये ४१ वटा दलले पार्टीको घोषणापत्र निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ४१ वटा दलले पार्टीको घोषणापत्र बुझाएको जानकारी दिएको हो । आयोगले चार गते अगाडि नै घोषणापत्र बुझाउन भनेपनि दलहरुले अहिलेसम्म पनि घोषणापत्र बुझाइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुनले जानकारी दिइन् । उम्मेदवारहरुको हकमा भने जिल्ला तहको निर्वाचन कार्यालयमा बुझाउन सक्ने व्यवस्था रहेकाले पूर्ण बिवरण आउन बाँकी रहेको उनले बताइन् ।
सहायक प्रवक्ता पुनले प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रको सवै मतपत्र छपाई सम्पन्न गरि प्याकिङ्को काम सकिएको जानकारी दिइन् । निर्वाचनका लागि छापिएका नमूना मतपत्रहरु लिएर आयोगका स्वयंसेवकहरूले मतदातालाई मतदान शिक्षा प्रदान गरिरहेका छन् । त्यस्तै उनले निर्वाचन प्रचारप्रसारका लागि उम्मेदवारले बैंक खाता खोल्नुपर्ने प्रावधान रहेकोमा हालसम्म सात वटा राजनीतिक दल र ८ हजार ८ सय ६७ उम्मेदवारले निर्वाचन बैंक खाता खोलेको रिपोर्ट प्राप्त भएको छ ।






Facebook Comments