
भक्तपुर । फागुन २१ गते हुने संघीय प्रतिनिधि सभाको निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं. १ बाट नेकपा एमालेका उम्मेदवारसोम प्रसाद मिश्रसर्वसम्मत रूपमा उम्मेदवार बनेका छन् । लामो समय पार्टी राजनीति र जनताको सेवा गर्दै आएका मिश्र भक्तपुरमा परिचित र लोकप्रिय नेताका रूपमा चिनिन्छन् । भक्तपुरका स्थानीयवासीले उनलाई अनुभवी, बौद्धिक र जनमुखी नेताको रूपमा चिन्दछन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित भएपछि मिश्रले नगरपालिकालाई व्यवस्थित र आधुनिक बनाउने काममा अग्रणी भूमिका खेलेका थिए । उनका पाँच वर्षे कार्यकालमा ४२ किलोमिटर सडक कालोपत्र, ४५ सामुदायिक विद्यालय भवन, १४ घरधुरीमध्ये १२ हजार घरमा एकघर–एकधारा खानेपानी वितरण, १२ किलोमिटर पदमार्ग निर्माण र छोरीको सुरक्षा जीवनभरिका लागि चलाइएको लोकप्रिय कार्यक्रम सफलतापूर्वक सञ्चालन भएको तथ्यांकले देखाउँछ । अवैध घर–टहरा भत्काएर नगरकोटमा पार्क र व्यवस्थित बजार निर्माणसमेत उनका प्रमुख उपलब्धिमा पर्दछ ।
सोम मिश्रको जन्म वि.स. २०२० साल मंसिर ९ गते फुङ्लिङ नगरपालिका वडा ९ मा भएको हो । अध्ययनको उद्देश्यले २०४३ सालमा काठमाडौं आउनुभएपछि उहाँले पिपल्स क्याम्पसबाट प्रविणता प्रमाणपत्र, भक्तपुर बहुमुखी क्याम्पसबाट स्नातक, र पाटन बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर पूरा गर्नुभएको छ । उहाँ लामो समय पार्टी कार्यकर्ता र नेताको हैसियतमा कार्यरत रहँदै एमाले भक्तपुर जिल्ला कमिटीदेखि केन्द्रिय कमिटी सदस्यसम्म पुग्नुभएको छ ।
राजनीतिक यात्रामा मिश्रले लोकतन्त्र र समानताको लागि विभिन्न कठिनाइ सामना गर्नुभएको छ । प्रारम्भिक राजनीतिक अनुभवका क्रममा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय रहँदा उहाँले जेल सजाय समेत भोग्नुभयो। त्यसपछि भक्तपुरमा बसोबास गर्दै जनसेवा र पार्टी कार्यमा सक्रिय भई स्थानीय विकासमा विशेष योगदान दिनुभयो।
चाँगुनारायण नगरपालिकाको स्थापक नगरप्रमुखको हैसियतले भौतिक पूर्वाधार निर्माण, कानुनी व्यवस्था र नगरको व्यवस्थित विकासमा दीर्घकालीन योगदान पुर्याएका मिश्र आम नागरिकसँग घुलमिल हुने शैलीका नेता पनि हुनुहुन्छ। आगामी फागुन २१ गतेको निर्वाचनमा उहाँको उम्मेदवारी भक्तपुर १ मा विकास, अनुभव र जनप्रतिनिधित्वको बलियो विकल्प प्रस्तुत गर्दछ। आम मतदाताले मतदानमार्फत उहाँलाई समर्थन गर्दा क्षेत्रको दिगो विकास, सुशासन र समृद्धि सुनिश्चित गर्न सकिने विश्वास व्यक्त गरिएको छ।






Facebook Comments