काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीकुमार इङ्नामले सरकारी सेवा प्रभावकारी नहुँदा नेपाली नागरिक विदेश पलायन हुने अवस्था बढिरहेको बताएका छन्।

आइतबारकाठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भूमि, मालपोत र नापी सेवा आम सर्वसाधारणसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यी निकायमा सुशासन कायम गर्न अत्यन्त आवश्यक रहेको बताए।

उनका अनुसार ती कार्यालयहरूमा हुने ढिलासुस्ती र घुस लेनदेनका कारण नागरिक निराश हुने अवस्था बनेको छ। सेवा प्रवाह पारदर्शी र प्रभावकारी बनाउन सके जनविश्वास बढ्नुका साथै राज्यको राजस्व पनि वृद्धि हुने उनले उल्लेख गरे।

मन्त्री इङ्नामले भूमि मन्त्रालयले हालै जारी गरेको सर्कुलरले राजस्व संकलनमा करिब ५० अर्ब रुपैयाँसम्मको फरक पार्ने विश्वास समेत व्यक्त गरे।