काठमाडौं । धादिङ बस दुर्घटनाको छानबिन गर्ने निर्णय भएको छ । दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटना बारे छानबिन गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् ।

दुर्घटनापछि गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीन वटै सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला निकायहरुबीच छलफल भएको थियो । छलफलमा घटनाको छानबिन गर्न समिति बनाउने निर्णय भएको हो ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

१८ दिनमा तीन ठूला सवारी दुर्घटना, ४४ भन्दा बढीको ज्यान गयो

पछिल्ला दिनमा देशभर सडक दुर्घटनाका घटना बढ्दै गएका छन्। दुर्घटनामा परी ठूलो जनधनको क्षति भए पनि दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायको ध्यान पर्याप्त रूपमा गएको देखिँदैन।

पछिल्लो१८ दिनको अवधिमा देशका विभिन्न स्थानमा तीन ठूला सवारी दुर्घटनाभएका छन्। ती दुर्घटनामा४४ भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन्। सडक दुर्घटनाको कारणका रूपमा प्रायः सडक संरचनालाई दोष दिने गरिए पनि दुर्घटनाको वास्तविक कारणबारे सरकारी स्तरबाट विस्तृत छानबिन भने भएको छैन।

अभिनारायण काफ्लेका अनुसार दुर्घटना बढ्न थालेपछि त्यसको कारणबारे विश्लेषण सुरु गरिएको छ। उनका अनुसार सडकको अवस्था, सवारी साधनको अवस्था र चालकको लापरबाही दुर्घटनाका मुख्य कारण हुने गरेका छन्। धादिङमा भएको पछिल्लो दुर्घटना पनि सवारी अनियन्त्रित हुँदा भएको प्रारम्भिक निष्कर्ष रहेको उनले बताए।

माघ २२ गते बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँमा, माघ २९ गते रामेछापको सेलेघाटमा र फागुन ११ गते धादिङको बेनिघाट रोराङ गाउँपालिकामा भएका सवारी दुर्घटनामा झण्डै चार दर्जन मानिसको ज्यान गइसकेको छ।

तीमध्ये सबैभन्दा ठूलो दुर्घटना धादिङको बेनिघाट रोराङमा भएको हो। पोखराबाट काठमाडौँ आउँदै गरेकोग १ ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बसराति करिब १ बजे भैंसेगौडा नजिकैबाट त्रिशूली नदी किनारतर्फ खस्दा१९ जनाको मृत्युभएको थियो।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि काठमाडौँसहित विभिन्न अस्पतालमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।

यसअघि माघ २२ गते बैतडीमा भएको जन्ती बोकेको बस दुर्घटनामा१३ जनाको मृत्युभएको थियो भने२७ जना घाइतेभएका थिए। पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा पवनदूत यातायातकोसुपप्र ०२००१ ख १११९ नम्बरको बसदुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्यको उपचारका क्रममा ज्यान गएको थियो।

त्यसको केही दिनपछि रामेछापमा अर्को दुर्घटना भएको थियो। काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेकोप्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बसमाघ २९ गते सेलेघाट नजिक दुर्घटना हुँदा१२ जनाको मृत्युभएको थियो भने८ जना घाइतेभएका थिए।

लगातार भइरहेका यस्ता दुर्घटनाले सडक सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार, कलंकीस्थित नेशनल अस्पतालमा एक महिलासिहत १० जना र ट्रमा सेन्टरमा १५ जना ल्याइएको छ । ट्रमामा एक जना युवकको मृत्यु भएको छ भने १४ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।