
विराटनगर।हर्क साम्पाङनेतृत्वको श्रम संस्कृति पार्टीलेराष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लेइटहरीमा गरेको प्रादेशिक सभालाई लक्षित गर्दै सहकारी पीडित र एमसीसीबारे प्रश्न उठाएको छ।
साम्पाङले रास्वपा सभापतिरवि लामिछानेर वरिष्ठ नेताबालेन्द्र शाहलाई सभामा सहकारी पीडितका विषयमा के धारणा राखिएको हो भनी सार्वजनिक रूपमा सोधेका छन्। सामाजिक सञ्जालमार्फत उनले १४ जिल्लाका कार्यकर्ता सहभागी भएको सभामा “नो एमसीसी” भन्ने साहस देखाइयो कि नदेखाइयो तथा ७४ लाख सहकारी पीडितका मुद्दा उठाइयो कि नउठाइयो भनेर प्रश्न गरेका हुन्।
साथै, रास्वपाको सभाले “सिंहदरबार जलाउने” अभिव्यक्तिको औचित्य पुष्टि गरेको हो कि होइन भन्ने जिज्ञासा पनि उनले व्यक्त गरेका छन्। किसानलाई ‘फोहोर’ भन्ने आरोप लगाउँदै मजदुर र सुकुम्वासीका विषयमा पार्टीको धारणा के हो भन्ने प्रश्न समेत साम्पाङले उठाएका छन्।
यसैबीच, इटहरी सभामा नेता बालेन्द्र शाहलेधरानको खानेपानी समस्या आफूहरू सरकारमा पुगेपछि समाधान गर्ने बताएका थिए। उनलेसप्तकोशी नदीको पानी लिफ्टिङ गरेर धरान लैजाने योजना प्रस्तुत गर्दै त्यसका लागि करिब ५ अर्ब रुपैयाँ खर्च लाग्ने बताएका थिए।
रास्वपाले सुनसरीको इटहरीमा कोशी प्रदेशस्तरीय आमसभा आयोजना गरेको थियो।






Facebook Comments