Logo site
Logo site
२६ भदौ २०८३, शुक्रवार
Logo
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ
  • विचार
  • स्वास्थ्य
  • मनोरञ्जन
  • शिक्षा
  • खेलकुद
  • टीभी
  • अन्तर्वार्ता
logo
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ
  • विचार
  • स्वास्थ्य
  • मनोरञ्जन
  • शिक्षा
  • खेलकुद
  • टीभी
  • अन्तर्वार्ता

Copyright 2025Nayapress- All right reserved

ओखलढुंगामा एमालेको अन्तिम चुनावी सभा भब्य,मतदाताको मन छुने अस्मिताको सम्बोधन

नयाँप्रेस६ महिना अगाडि
 
ओखलढुंगा । चुनाव प्रचार प्रसारको अन्तिम दिन नेकपा एमालेले जिल्लाको रामपुर बजारमा अन्तिम चुनावी सभा आयोजना गरेको छ । कोणसभाका रुपमा आयोजितत सभामा सयौंको संख्यामा सर्वसाधारण जम्मा भएपछि आमसभामा परिणत भएको थियो । आमसभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा उम्मेदवार अस्मिता थापाले आफू प्रतिस्पर्धीहरुलाई सम्मान गर्दै पार्टीको एजेण्डा र जनताका आवश्यकताबीच तालमेल मिलाउँदै अघि बढेको बताइन् ।
 
उनले आफूले कसैलाई व्यक्तिगत वा पार्टीगतरुपमा आलोचना नगरेको र त्यस्तो उद्देश्य पनि नरहेको बताइन् । उनले समयको माग र युवा महिलाको प्रतिनिधित्वका लागि एकपटक यसैपटक ओखलढुंगाले इतिहासमै पहिलो महिला सांसद निर्वाचित गर्ने मौका पाएकाले यो अवसर नगुमाउन आग्रह गरिन् । उनले आफूले जिल्लाका समस्या र समाधानको प्रष्ट योजनासहित प्रतिनिधित्व गर्न खोजेको बताइन् ।
थापाले भनिन्–हामी महिलाले घाँस दाउरा गर्ने, खेतबारी सम्हाल्ने, घर चलाउने तर निर्णय गर्ने ठाउँमा कहिल्यै नपुग्ने अवस्था अब बदल्नुपर्छ भन्ने निर्णय अब ओखलढुंगाबाट गरौं,आमाहरुले यसको नेतृत्व गर्नुस् । मैले पनि यहि माटोमा घाँस दाउरा,मेलापात गरेरै आएकी हुँ । अब तपाई हामी सबैको आवाज संसदमा पुर्याउन पर्छ । आज म भोट माग्न मात्रै आएकी होइन, तपाईंहरूको भरोसा माग्न आएकी हुँ । किनकि आमा रोइरहेको समाज समृद्ध हुन सक्दैन, महिला पछाडि परेको देश अगाडि बढ्न सक्दैन । सभामा एमाले केन्द्रीय सदस्य तथा चुनाव परिचालन कमिटीका संयोजक यज्ञराज सुनुवार, मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राईलगायतले सम्बोधन गरेका थिए ।

सम्बन्धित समाचार

सत्तारुढ रास्वपाभित्रै सरकारप्रति कडा असन्तुष्टि: 'सिंहदरबार होइन...
नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन एक्रो ब्रिज जडानको...
रसुवा बाढी: खोज, उद्धार तथा राहत अपडेट — हालसम्म १,३६९ जनाको मृत्...
चिलिमेमा सेनाको ‘रेस्क्यु अप्रेसन’ तीव्र, सुरुङभित्र १०५ मिटर खोज...
बाढी पीडितमाथि अमानवीय टिप्पणी गर्ने आफ्नै समर्थकलाई रविको चेतावन...
Nepali Leader Rizwan Alam Honored as Special Guest Alongside Indi...

Facebook Comments

ट्रेन्डिङ्ग

  • १.मध्यपूर्व द्वन्दको असर: खाडीमा रोजगारी संकट, नेपाली श्रमिक चिन्तित
  • २.काठमाडौँ–३ मा रास्वपाका पाण्डेको अग्रता
  • ३.रौतहट क्षेत्र नंं ४ को मतगणना सुरु
  • ४.रसुवामा कांग्रेसको अग्रता
  • ५.देशका अधिकांश भागमा आज मौसम सफा रहने
advertisement image
advertisement image
advertisement image
ad-image

हाम्रो बारेमा

नयाँ प्रेस नेटवर्क प्रा. लि.

कागेश्वरी, मनोहरा

+977-9851056787

news@nayapress.com

www.nayapress.com


सूचना विभाग दर्ता नंर: २९७५-२०७८/७९

प्रधान सम्पादक: गणेश थापा

लोकप्रिय श्रेणीहरू

समाचार

प्रदेश

अर्थ

विचार

स्वास्थ्य

मनोरञ्जन

शिक्षा

खेलकुद

टीभी

अन्तर्वार्ता

महत्वपूर्ण लिंक

हाम्रो टिम

सम्पर्क

विज्ञापन

प्राइभेसी पोलिसी

प्रयोगका सर्त

सामाजिक संजाल

©2025 Nayapress - All rights reserved.