काठमाडौं ।माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूले सोमबार दिउँसो सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित समारोहमा शपथ लिएका हुन्।

विशेष समारोहका बीच राष्ट्रिय सभाका अध्यक्षनारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद निर्वाचित भएका थिए। ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार यही फागुन २० गते १९ जना सांसदको कार्यकाल सकिएको थियो। रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक प्रावधान रहेको छ।

माघ ११ को निर्वाचनमानेपाली कांग्रेस,नेकपा एमालेलोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल भएको थियो।

सोही तालमेलअनुसार कोशी प्रदेशबाटसुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेलनिर्वाचित भएका छन्।

मधेश प्रदेशबाटमहन्थ ठाकुर, धमेन्द्र पासवान, रन्जित कर्ण र रेखा झानिर्वाचित भएका थिए।

बागमती प्रदेशबाटगीता देवकोटा र डा. प्रेम दंगाल, गण्डकी प्रदेशबाटजगत तिमिल्सिना र सम्झना देवकोटा, तथा लुम्बिनी प्रदेशबाटरामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसीनिर्वाचित भएका थिए।

यसैगरी कर्णाली प्रदेशबाटललितजंग शाही र मिना रखालतथा सुदूरपश्चिम प्रदेशबाटखम्मबहादुर खाती र लीला भण्डारीनिर्वाचित भएका थिए।