
काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२५ सीट जितेर आरामदायी बहुमत हासिल गरेको छ। समानुपातिकतर्फ यसले ५७ सीट प्राप्त गरेको छ। अन्य ५ दलहरूले थ्रेसहोल्ड कटाएका बाँकी ५३ सीट आपसमा बाँडेका छन्।
निर्वाचन आयोगले समानुपातिक मतगणना पश्चात दलहरूले पाउने सीट सार्वजनिक गरिसकेको छ। दलहरूले आफ्नो बन्दसूचीमा जातीय क्लस्टर मिलाएर सांसदको नाम पठाउनुपर्नेछ। कानूनी प्रावधानअनुसार खस आर्य, आदिवासी–जनजाति, मधेसी, दलित, थारु र मुस्लिम गरी ६ क्लस्टरमा बाँडेर उम्मेदवारको सूची बुझाउनुपर्छ।
समानुपातिक सीट बाडफाँट अनुसार सबैभन्दा ठूलो दल रास्वपाको क्लस्टर अनुसार प्रतिनिधित्व यस प्रकार छ:
खस आर्य (३०.२८%) – १७ जना
आदिवासी–जनजाति (२८.७२%) – १६ जना
मधेसी (१६.१५%) – ९ जना
दलित (१३.४४%) – ८ जना
थारु (६.५२%) – ४ जना
मुस्लिम (४.८९%) – ३ जना
कुल – ५७ जना
कांग्रेसले समानुपातिकमा २० सीट जितेको छ, जसमा क्लस्टर अनुसार प्रतिनिधित्व:
खस आर्य – ६ जना
आदिवासी–जनजाति – ६ जना
मधेसी – ३ जना
दलित – ३ जना
थारु – १ जना
मुस्लिम – १ जना
एमालेले १६ समानुपातिक सीट पाएको छ, जसमा:
खस आर्य – ५ जना
आदिवासी–जनजाति – ४ जना
मधेसी – ३ जना
दलित – २ जना
थारु – १ जना
मुस्लिम – १ जना
९ सीट जितेको नेकपाको प्रतिनिधित्व:
खस आर्य – ३ जना
आदिवासी–जनजाति – ३ जना
मधेसी – १ जना
दलित – १ जना
थारु – १ जना
श्रम संस्कृति पार्टी र राप्रपाले समान ४-४ सीट जितेका छन्। उनीहरूले सबै क्लस्टरमा प्रतिनिधित्व गर्न सकेनन्:
खस आर्य – १ जना
आदिवासी–जनजाति – १ जना
मधेसी – १ जना
दलित – १ जना
निर्वाचन आयोगले दलहरूलाई तीन दिनको समय दिईसकेको छ, जसमा उनीहरूले महिलाको ३३ प्रतिशत प्रतिनिधित्व कायम राख्दै क्लस्टर अनुसार सांसद छनोट गर्नुपर्नेछ।






Facebook Comments