काठमाडौं ।रवि लामिछानेविरुद्ध दायर सहकारी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि आजसर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

उक्त रिटको सुनुवाइका लागि न्यायाधीशद्वयशारङ्गा सुवेदीसुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

सभापति लामिछानेसँग सम्बन्धित सहकारी तथा सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनसहित फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमा यसअघि न्यायाधीशद्वयसपना प्रधान मल्लश्रीकान्त पौडेलको इजलासले फागुन २७ गते आजका लागि पेसी निर्धारण गरेको थियो ।

इजलासले विपक्षी पक्षबाट लिखित जवाफ परिसकेको वा जवाफ दिने म्याद नाघिसकेको र रिटमा उठाइएका विषय तत्काल किनारा लाग्नुपर्ने प्रकृतिको देखिएकाले ‘हेर्न नहुने’ बाहेक पेसी स्थगित नगरी पूर्ण सुनुवाइका लागि पेसी तोक्न आदेश दिएको थियो ।

सविता भण्डारीले गत पुस ३० गते लामिछानेमाथि अदालतमा विचाराधीन अवस्थामा रहेको सहकारी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनसहित फिर्ता लिने निर्णय गरेकी थिइन् ।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्तादिनेश त्रिपाठी,युवराज सफललगायतका कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।